इलाम सदरमुकामस्थित जिल्ला अस्पतालमा शनिबार मुटुरोग शिविरमा ४२१ जनाले परीक्षण गराए
इलाम, २५ बैशाख : इलाम सदरमुकामस्थित जिल्ला अस्पतालमा शनिबार सम्पन्न भएको मुटुरोग सम्बन्धी शिविरमा चार सय २१ जनाले आफ्नो मुटुको परीक्षण गराएका छन् । करुणा फाउण्डेशन नेपालको आयोजनामा भएको शिविरमा वरिष्ट मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले मुटुसम्बन्धी समस्या भएका बिरामीको परीक्षण गरेका थिए ।
शिविरमा मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टर काठमाण्डौका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग सँगसँगै समन्वय गरेको थियो । उक्त सेन्टरका कोइरालासहित डा सञ्जिव थापा, डा. पवन धिता, डा. रोजिना श्रेष्ठ, नर्सिङ अधिकृत तिलकुमारी बस्नेत, प्रमिला शाक्य, क्लिनिक असिस्टेण्ट कलनाथ थपलिया, क्लिनिक एड्मिन इञ्चार्ज रिन्जु श्रेष्ठ, डा. लोकेन्द्र घिमिरे, डा. बासु कट्टेल, डा. राहुल शाह, डा. अर्बिन्न राजवंशीको सहभागिता रहेको थियो ।
त्यस्तै बिर्तामोडको बिर्ता सिटी अस्पतालबाट डा. अनिल बस्नेतले पनि जाँचमा सहयोग गरेको एडमिन इञ्चार्ज श्रेष्ठले बताइन् । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय इलाम, इलाम अस्पताल, इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले पनि सहयोग र समन्वय गरेका थिए । शिविरमा रगत जाँच, पीटीआरएन र एक्स्रे गरिएको थियो ।
यी जाँच गरिसकेपछि मात्र डा. कोइरालासमक्ष बिरामीलाई पठाइएको थियो । मुटुमै समस्या देखिएका बिरामीबाहेक अन्यलाई पर्ूव जाँच गरेर फर्काइएको थियो । शिविरमा कार्डर्ेे र्सजरी र क्याथ प्रोसिडरको जाँच भएमध्ये धेरैजसो बिरामी कार्डर्ेे र्सजरीका देखिएको बताइएको छ । यसअघि डा. कोइरालालाई जँचाएर मुटुको औषधी प्रयोग गरिरहेका बिरामीलाई भने सिधै कोइरालासँग भेट गर्न दिइएको थियो ।
यो समाचार तयार पार्दा साँझ साढे ६ बजेसम्म शिविरको परीक्षण नसकिएकोले शिविरमा कति बिरामी मुटुका रोगी देखिए र कतिलाई बाहिर रेफर गरियो भन्ने खुलेको छैन । शिविरमा उक्त समयसम्म २० जनालाई मुटु समस्या देखिएकाले काठमाण्डौ बोलाइएको छ ।
त्यतिञ्जेलमा तीनसय भन्दा बढीले निःशुल्क औषधी प्राप्त गरेका छन् । शिविरमा आउनेमध्ये धेरैजसो प्रेसर हाई भएका बिरामी रहेका थिए । सो अवसरमा १२० जनाको इको गरिसकिएको थियो । काठमाण्डौ बोलाइएकामध्ये १५ वर्षमुनी र ७५ वर्षाथिकालाई सरकारले निःशुल्क उपचारको ब्यवस्था गर्ने र १६ वर्षदेखि ७४ वर्षम्मका लागि १ लाख सम्म छुट गर्ने जनाइएको छ ।


0 comments :
Post a Comment