ताजा
कृपया पर्खनुहोस् लोड हुदैछ ...

हाँस पोखरीको पुनः निर्माण शुरु


गणेश अर्याल कोल्बुङ, १७ चैत्र । इलामको पर्यटकीय स्थल कोल्बुङमा रहेको हाँसपोखरीको पुननिर्माण कार्य सुरु भएको छ ।

हाँसपोखरी सिद्धदेवी संरक्षण संस्थाले मेची पहाडी पर्यटन विकास समितिको सहयोगमा पोखरीको पुननिर्माण कार्य भइरहेको हो ।

यस अघि पनि पुननिर्माण गरिएको पोखरीमा पानी नअडिएपछि पुनः निर्माण थालिएको निर्माण समितिका सदस्य योगश चाम्लिङले बताए ।

पोखरीको तल्लो सतहमा चिम्टाइलो माटो लगाएर रोलरले माटो थिचेपछि प्लास्टिक सर्जरी गरी पानी अड्याउने योजना रहेको राईले बताए ।

सर्जरी अनुसार चिम्टाइलो माटो माथी प्लास्टिक बिच्छाइने र त्यसमाथी पुन चिम्टाइलो माटो राखेर बर्खाको पानी संकलन गरेर राख्ने योजना बनाइएको छ ।

पोखरी पुननिर्माणको लागि १२ लाख रुपैंयाँ खर्च हुने र त्यसको लागि पर्यटन कार्यालय बाट १० लाख र स्थानीय बाट २ लाख रुपैयाँ नगद संकलन गरिएको निर्माण समितिका अध्यक्ष तिलमान राईले बताए ।पोखरीको निर्माण भएपछि त्यसको वरिपरि बोटानिकल गार्डेन निर्माण गरिने पनि राइले बताए । वोटानिकल गार्डेनको लागि वनस्पति विभागबाट सहयोगको आश्वासन प्राप्त भएको पनि बताइएको छ ।
Share on Google Plus

धन्यवाद - Unknown

"स्वच्छ, समृद्ध र सुसंकृत खबर" - इलामेलीखबर

0 comments :

Post a Comment